सेभ द चिल्ड्रेनसँगको सहकार्यमा Kimff जलवायु न्यायका लागि टिकटक

जलवायुको जोखिम टिकटिकको टेवा

जलवायु परिवर्तनका जोखिमहरू बुझ्न – बुझाउन र जलवायुप्रति विवेकपूर्ण व्यवहारलाई बढावा दिनका लागि यो TikTok प्रतियोगिता आयोजना गरिएको हो। यो समग्र प्रक्रिया र यस क्रममा बनेका TikTok भिडियोहरू मार्फत बालबालिका र युवाहरूको रचनात्मक अभिव्यक्तिले विस्तार पाउँछ। यस प्रतियोगिताले उनीहरूलाई आफ्ना जलवायु सङ्कट सरोकार र सन्देशहरूलाई रोचक ढङ्गले व्यक्त गर्न र आम नागरिक र मिडियाको चेतना जगाउने खालका आकर्षक सामग्री उत्पन्न गर्ने अवसर दिनेछ।
जलवायु परिवर्तनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्न बालबालिका र युवाहरूले के गर्न सक्छन्?
जलवायु सङ्कटसँग जुध्नका लागि वातावरण संरक्षण गर्ने आफ्नो चासो र प्रयासको चित्रण गर्ने छोटा भिडियो “टिकटक फर क्लाइमेट जस्टिस” मा आफ्नो रचनात्मक टिकटक पठाउन काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (kimff) र सेभ द चिल्ड्रेनले संयुक्त आह्वान गरेका छन्। यस प्रतियोगिता मार्फत दिगो जीवनका कथाहरू साझा गर्न, प्रकृतिप्रतिको आफ्नो प्रेम देखाउन र जलवायु सङ्कटको समाधानहरू प्रवर्द्धन गर्न हामी विषेषतः बालबालिका र युवाहरूलाई प्रोत्साहित गर्दछौँ। यस प्रतियोगिताले पृथ्वीलाई बचाउन र जलवायु सङ्कटलाई सम्बोधन गर्नका लागि हामी सबैले आवश्यक भूमिका निर्वाह गर्न सक्छौँ भन्ने कुरा सावित गर्दै बालबालिका र युवाहरूलाई परिवर्तनकर्ताका रूपमा अघि बढाउने लक्ष्य राख्छ।
यो प्रतियोगिता १८ देखि ३० वर्ष उमेर समूहका सबै नेपाली नागरिकहरूका लागि खुला छ।

Awards

1st Prize: Nrs. 20,000

2nd Prize: Nrs. 15,000

Most Viewed tiktok: Nrs. 10,000

Deadline: 30th November, 2021

ह्यासट्यागहरू:

#kimff2021 #Savethechildren #RedAlert #ClimateActionNow #RedAlertOnClimate #ClimateChange #PlayYourPart