Kimff and Delegation of the European Union to Nepal

“Green Growth: Green Recovery” Short Film Competition (Nepali Language)

छोटो फिल्म प्रतियोगिता
समयावधिः ५ मिनेट
अन्तिम म्यादः ७ मंसिर २०७८

के तपाईंसँग कथा छ? तपाईले जलवायु परिवर्तनको अनुभव गर्नुभएको छ? वातावरणसँग तपाईको कस्तो सम्बन्ध छ?

Kathmandu International Mountain Film Festival (kimff) र Delegation of the European Union to Nepal (EU) ले ‘Green Growth: Green Recovery’ नामक छोटो फिल्म प्रतिस्पर्धामा भाग लिन तपाईंलाई आमन्त्रण गर्दछ| हामी मौलिक र रचनात्मक फिल्महरुको खोजीमा छौँ। यसले जलवायु परिवर्तनका मुद्दाहरु, यसका अवसर तथा चुनौतीबारे अन्वेषण गर्दछ। त्यसैगरी नेपाल र नेपालीहरुमाझ कस्तो प्रभाव पारेको छ भन्नेबारे जानकारी दिन्छ| जलवायुको बदलिंदो स्वरूपबारे अहिले विश्वव्यापी बहस बनेको छ| हामीलाई लाग्छ, यस बहसमा हामी सबै सहभागी हुन जरुरी छ| तपाईं यो अवसर नछुटाउनुहोला|

थप जानकारीका लागिः
काठमान्डू इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)
लाजिम्पाट
फोन नम्बरः ४४४०६३५
इमेल: info@kimff.org

पुरस्कार

  • प्रथम चलचित्रलाई ५०० युरो प्रदान गरिनेछ|
  • उत्कृष्ट १० चलचित्र १९औं किम्फ २०२१ (९–१३ डिसेम्बर) मा प्रस्तुत गरिनेछ|

Short Film Contest Entry Form

फिल्म बुझाउने अन्तिम मिति: १ मंसिर २०७८

Criteria and Timeline

  • तपाईं आफ्नो मोबाइलबाट पनि भिडियो खिचेर भाग लिन सक्नुहुनेछ|

  • फिल्मको समयावधिः ५ मिनेट

  • काल्पनिक, गैरकाल्पनिक र प्रयोगात्मक फिल्महरु पनि पठाउन सकिनेछ|

  • फिल्मको ढाँचा: URL link

  • फिल्म बुझाउने अन्तिम मिति: १ मंसिर २०७८

  • छनौटमा परेका फिल्मको जानकारीः ७ मंसिर २०७८

  • छनौटमा परेका फिल्महरु किम्फ र युरोपियन युनियनको प्रयोगका लागि अभिलेख गरिनेछन्|

  • फिल्म प्रदर्शन तथा पुरस्कार: KIMFF 2021, 9-13 December 2021

यस प्रतियोगिताका लागि सबमिट गरिएका सबै फिल्महरुको प्रतिलिपि अधिकार सम्बन्धित फिल्म निर्मातासँग रहन्छ। प्रतियोगितामा छनौट भएका फिल्महरू आयोजक किम्फ र ईयुले नाफा नकमाउने र शैक्षिक प्रयोजनका लागि मात्र प्रतियोगिताको अवधि र पछि उपयोग गर्न सक्नेछन्। यसरी प्रयोग गर्दा फिल्म निर्माताहरुलाई क्रेडिट दिइनेछ।