किम्फ २०२२: प्रवृष्टिका लागि आह्वान
लाजिम्पाट, काठमाडौं, नेपाल
हिमाल एसोसिएसनले हरेक वर्ष डिसेम्बर महिनामा काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सन् २000 देखि आयोजना गर्दै आइरहेको छ। यस पटक ८-१२ डिसेम्बर २०२२ मा हुने २० औं किम्फ फिल्म महोत्सवका लागि तयार हुनुहोस्। किम्फ २०२२ ले विश्वभरका पर्वतीय समुदाय, जनजीवन, खेलकुद, वातावरण, संस्कृति र समाजका बारेमा समयसापेक्ष, आकर्षक र रोमाञ्चक चलचित्रहरू प्रदर्शन गर्नेछ।
यस पटकको फिल्म महोत्सवले पर्वतीय जीवनको जटिलता र विविधतालाई उनीहरूको
प्राकृतिक वातावरणको संरक्षण र संरक्षणमा पर्वतीय समुदायहरूको वास्तविकता झल्काउने कथाहरूमा विशेष ध्यान केन्द्रित गर्नेछ। कोभिडको असरबाट मुक्त भएर जनजीवन सामान्य हुँदै गएकाले यस पटकको महोत्सव दर्शकहरूको प्रत्यक्ष उपस्थतिमा सफलतापूर्वक सम्पन्न हुनेमा हामी आशावादी छौं । प्रत्यक्ष दर्शकहरू तथा फिल्मकर्मीहरूमाझ सौहार्दतापूर्वक वातावरणमा फिल्म देखाइनेछन्। यसका साथै हामीले २०२१ को महोत्सवबाट पाएको सफलताबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकहरूलाई महोत्सवमा प्रत्यक्ष या परोक्ष रूपमा संलग्न गराउने अनलाइन
(भर्चुअल) कार्यक्रमहरू पनि जारी राख्ने छौँ।
फिल्म प्रविष्टिका लागि अन्तिम मिति २ सेप्टेम्बर २०२२।
Important Dates and Deadlines
इच्छुक सिनेकर्मीहरूलाई तलको समयसीमा पालना गर्न अनुरोध गर्दछौः
Date | Timeline |
---|---|
१ जनवरी २०२० | पछि बनाइएका फिल्म मात्र छनोटका लागि योग्य हुनेछन् |
२ सेप्टेम्बर २०२२ | फिल्म पठाउने अन्तिम मिति |
१६ अक्टोबर २०२२ | प्राप्त भएका फिल्महरूको अन्तिम छनोट |
१३ नोभेम्बर २०२२ | फाइनल फिल्म पठाउने अन्तिम मिति |
८-१२ डिसेम्बर २०२२ | किम्फ २०२२ फिल्म महोत्सव सुरु |